Tuesday, November 24, 2009
Saturday, August 22, 2009
प्रेम पश्चाताप
प्रेम पश्चाताप
प्यारो प्रेम, पवित्र प्रिय पाउन पर्खाई, प्रार्थना पूगेन ।
पहिलो प्रेम प्राप्ति प्रयासमा पराजित पुरुष परे।
प्रेम प्रयोगशालामा परिणत, पराइको पोल्टामा प्यारी
प्रेमको पराकाष्टमा पुग्ने प्रतीज्ञा पूणहुन पाएन ।
पराजित पललाई पछ्याउनु पर्ने परिस्थिति पर्यो
पागलपन पन्छाउदै पलपलमा प्राण परेलीमा पुर्याएँ ।
प्रेमको पहाड पुग्दैनपुग्दै पँहेलियो प्रेमका पलाँस
पलायन प्रेमको प्रायश्चितले प्रक्क्षेपित पार्यो प्यार ।
प्रेमवाचा, प्रतिज्ञा, परिपक्वता पुरिए पहिरोमा परि
प्रेमालाप पहिरिने प्रहरमा, पर्यो पश्चाताप ।
किशोर/किरण
दुतावास-२, काठमाण्डौ ।
२०६६-०१-१२

आलुचा खाँदाको मज्जा....
आलुचा खाँदाको मज्जा....
किरण/किशोरके एण्ड के प्रोडक्सन
मितिः २०६४ जेठ १८
गतेस्थानः कान्तिपुर सिटी कलेजपुतलीसडक, काठमाडौं
पात्रहरुः एमएएमसीजे फस्ट सेमिस्टारका साथीहरु
कान्तिपुर सिटी कलेजको एमए एमसीजे अर्न्तर्गत फस्ट सेमिस्टार इन्ड टम परिक्षा हुने समय तालिका आइसकेको थियो । जेठ १५ गते नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल भएको उपलक्ष्यमा सरकारले जेठ १६ र १७ गते र्सार्वजनिक विदा दिएको थियो । गणतन्त्रको कार्यान्वयनपछिको पहिलो कक्षा लिने निहुँमा परिक्षाको लागि आवश्यक सामाग्रीको खोजिको उद्देश्यले हामी जेठ १८ गते कलेज गएका थियौं ।
कतिपय साथीहरु साढे छ बजे नै -कक्षा सुरु हुने सयम) कलेज गएर ८ बजेसम्म दुइ घण्टी कक्षा लिएर भ्याइसकेका थिए । हामीहरु किशोर, टीका, प्रदिप, राजेन्द्र, शीसिर लगायत किरण भने दोस्रो घण्टीको समाप्तीको बाटो कुरेर श्रीराम सरको तेश्रो घण्टीमा हुने मोर्डन जर्नालिज्मको कक्षा लिने सोंचका साथ बाहिरै उभि रह्यौं । तेश्रो घण्टीको समाप्तीपछि साथीहरु आआफ्नै सुरमा कोही लाइब्रेरी, कोही फोटोकपीतिर, कोही कलेजको साइबर, कोही एकाउण्टमा गइवरी काम भ्याउन थाले ।
परिक्षा पर्सिबाट, कलेज आजसम्म लाग्दैछ । त्यसमाथि सबै साथीहरुले हालसम्म कुनै पनि तयारी नगरेका बताउथे । केही कक्षा छुटेका साथीहरुमा थप चिन्ता व्याप्त थियो । एक आपसमा पढाइको तयारीका प्रश्न गरागर गर्ने क्रम चलेकै थियो । के गरी गरी करिव १० बजेको हुँदो हो, एक ग्रुप भएर रमाइला गफ गर्दै गरेका -किशोर, टिका, राजेन्द्र, प्रदीप, किरण लगायत) साथीहरुको आँखा कलेजको छेउमा रहेको आलुबखडाको रुखमा ठोक्कीयो । 'ए ! ल ल ल खाइहाल्नुपर्छ ।' सबैको एउटै आशय थियो, आलुबखडा खाने । 'खाउँ खाउँ हाम्रै पैसा त हो ।' चर्को कलेजको फिस तिरेको पीडा मिश्रति भनाइ थियो केहीको ।
बखडा खाने सोंच सबैको दिमागमा आएलगतै साथी टिका रुखमा चढिहाले । किरण र प्रदिपले पनि तलबाटै भुइतिर लर्केको हाँगाको बखडा उफ्री उफ्री टिपेर खान थाले । किशोर, राजेन्द्रले टीकाले टिपेर पुर्याउदै गरे, प्रदीप र किरणले तलैबाट टिपेर दिएको बखडा खान थाले । यत्तिकैमा उमेश, राधा, सोनु, मनोज, शोभाकान्त, महेश, मणी, विनोद, गीता, त्रिभुवन, अनुज, दीपक, राजन आदि साथीहरु हामी भएतिर आएर बखडा खाने कामलाई सघाउन थाले । बखडा टिप्दै गर्दा हेरिरहेको कलेजको पालेले भन्दै थिए, 'हाँगा भाच्चिएला झर्नुहोला है, होस गरेर टिप्नुस् ।' रुखमा चढिरहेको साथी टिकालाई पालेदाइले सम्झाउदै थिए । तर टिका भन्दैथिए, 'रुखबाट खसेपनि कलेजलाई नै घाटा लाग्छ, मेरो ११ हजार फिस तिर्न बाँकी नै छ ।' साथीहरुले रुखमुनी बाटै हाँगा तानेर खाँदै गर्दा छेउको कलेजको विल्डिङतर्फतानिएको टेलिफोन तथा विद्युतको तारलाई समेत असर गरिरहेको थियो । बखडा खाने धुनमा मस्त साथीहरुले पालेले 'विद्युतको तार चुडिएको छ, करेन्ट लाग्ला' भनेको पनि वास्ता गरिरहेका थिएनन्, मात्र एउटै उद्देश्य कसरी बखडा खाने'
यतिबेलाको दुष्य यदी कुनै क्यामरामा छायाङ्कन गरेको भए कुनै ५/६ कक्षामा पढ्ने विद्यार्थीको व्यवहार जस्तै थियो । कलेजमा पढ्ने साथीहरु धेरैजसो संचारसम्बन्धि कुनै न कुनै ओहोदामा काम गरेका थिए भने सबै ड्रि्री पढ्दै गरेका बौद्धिक जमात नै थियौं । कोही आलुबखडाको रुखमा बाँदर झैं झुण्डीरहेको, कोही तलबाट 'मलाई मलाई' भन्दै हात थापी रहेको, कोही भुइबाटै हाँगा तानेर बखडा टिपीरहेको, टिपेको बखडा एक आपसमा बाँड्दै खाएको, खोसेको अनी विचविचमा नानाभाती गफ गरेको त्यो दृष्य साच्ची बालापन सम्झाउने खालको र रमाइलो थियो । यतिवेला सबैले सबै कुरा विर्सेरमात्र आफूलाई विद्यार्थी सम्झेका थिए ।
बखडा खाँदा खाँदा ढिलो भइसकेको थियो । घट्टेकुलोस्थितको किशोर/किरण दुतावास-१ -हाम्रो डेरा) मा पुगुञ्जेल साढे एघार बजिसकेकेा थियो । खाना पकाउदा, खाँदा सवा बाह्र बजेको थियो । खाना पकाउदा हामी दुइजनाले विहानको कलेजको बखडा खाएको कुराको समिक्षा गर्यौं । हाम्रो निष्कर्षथियो, 'कलेजमा सरासर पढाइमात्र पढ्दै आएकादेखि मन्त्रालयका सचिव स्तरसम्मका साथीहरु एकैसाथ पढ्दैछौं, यदी आफ्नो हैसियतमाथि घमण्ड गर्नेहो भने साथीहरु एक आपसमा बोल्ने बातावरण पनि नहुन सक्थ्यो । तर, विद्यार्थी विद्यार्थी नै हो, चाहे एक कक्षाको होस् या पि.एच.डि.को किन नहोस् । सबै स्तरका विद्यार्थीमा मिल्दोकुरा उसको चन्चलेपना हो । यदी कसैलाई बालापनको सम्झना गर्नुछ भने आफ्नो जुता, टोपी घरमै राखेर, सबै जिम्मेवारी थाती राखेर कलेज भर्ना भए हुन्छ । अविश्मरणीय क्षणहरुको संग्रह गर्न पाइन्छ, हामीले विहान बखडा खाएजस्तै............' तपाईले नी खाने हो बखडा -

Sunday, August 9, 2009
Subscribe to:
Posts (Atom)